बिहिबार, बैशाख २०, २०८१

फलफुलका बिरुवा बेच्न रौतहटबाट दाङ पुगे यादव

रौतहट । रौतहटको कटहरियाबाट आँप, लिची, धुपी सल्ला, अशोक, कागती, कटहर, बेलौती, सुपारी, अनारजस्ता फलफुलका बोटबिरुवा लगेर रामद्रबेस यादव दाङ पुगेका छन् ।

यादवले ती फलफुलका बोटबिरुवा दाङका ग्रामीण भेगमा लगेर बिक्री गर्ने गर्दछन् । प्रति बोटबिरुवाको ३०० का दरले बेच्ने गरेको यादवले बताए । तस्बिर : पूर्णप्रकाश विश्वकर्मा/रासस

प्रकाशित मिति: बिहिबार, साउन ४, २०८०