बिहिबार, बैशाख २७, २०८१

भारतीय कफीलाई नेपाली भन्दै विदेश पठाउँदै कफी व्यवसायीहरु

काठमाडौँ । नेपालमा कफी व्यवसाय गर्ने व्यवसायीहरु धन्दा पनि निकै गज्जवको छ । विश्व बजारमा नेपालमा उत्पादन भएको अर्गानिक कफी धेरै नै माग हुने गर्दछ । तर माग अनुरुप कफी उत्पादन हुन सकेको छैन र निर्यात पनि गर्न सकिएको छैन । तर पनि जापान, कोरिया, अमेरिका लगायनका देशमा नेपाली कफी कसरी पुगिरहेको छ भन्ने कुरा भने निकै शंकास्पदन देखिएको छ ।

कफी उत्पादनका लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत विभिन्न आयोजना मार्फत अनुदान नदिएको पनि होइन । तर कफी उत्पादनबृद्धि भने हुन सकेको देखिँदैन ।

त्यही भएर पछिल्ले समय अहिले कोरिया, जापान लगायतका देशमा पठाइएका कफी भारतबाट आयात गरी नेपाली उत्पादन भन्दै पठाउने गरिएको तथ्य खुलेको छ । कफीमा काम गरिरहेका केही व्यवसायीहरुले भारतमा उत्पादन भएको कफीलाई चोरबाट नेपाल भित्र्याउने र आफ्नो कारखाना ल्याएर नेपाली कफीसँग मिसाएर बेच्ने गरिएको देखिएको छ ।

आफूलाई ठूला कफी व्यवसायी भन्नेहरुले भारतको कफीलाई नेपालको बनाउँदै ब्राण्डिङ्ग गर्न थालेका छन् । नेपालको कफी अर्गानिक भएकाले विदेशमा बढी माग हुने गर्दछ ।

तर व्यापारीहरुले धेरै नाफा खानका लागि भारतबाट आयात गरी नेपाली कफी भन्दै विषादी प्रयोग गरिएको कफी मिसाउने गरिएको र कोरियाबाट फिर्ता गर्ने धम्की दिएको कफि निर्यात गरिरहेका व्यवसायीहरु कै भनाई छ । बढी नाफा खान त्यसो गरिए नेपाली कफी विदेशमा प्रतिवन्ध हुन धेरै बेल लाग्ने छैन ।

नेपालमा पनि कफी व्यवसायीहरुले नेपाली कफीका नाममा उपभोक्तामाथि अन्याय गरिरहेका छन् । भारतबाट ल्याएको कफीलाई नेपाली कफी भन्दै चर्को मूल्यमा बेचिरहेको पाउन सकिन्छ । यस्ता गलत कार्य नरोकिए अर्गानिक कफी माथि प्रश्न उठ्ने पक्का देखिएको छ । – लक्ष्मी श्रेष्ठ

प्रकाशित मिति: मङ्लबार, असार ५, २०८०