शनिबार, बैशाख १५, २०८१

टोखाका पशुपालन गर्ने किसान फिड एवी प्यालेट फिडवीच अन्तरक्रिया

काठमाडौ । काठमाडौंको टोखा नगरपालिका क्षेत्रमा पशुपालन गरिरहेका किसानहरुको संस्था टोखा पशु व्यावसायिक समिति र पशु आहार उत्पादन गर्दै आईरहेको एबी प्यालेट फिडवीच गाईभैसी पालन विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

टोखा नगरपालिकामा  किसान, पशु चिकित्सक एवं पशुपालन सम्वन्धी विज्ञहरु सहितको अन्तरक्रियात्मक कार्यक्रम भएको हो । कार्यक्रममा पशु आहार र पछिल्लो समय पशु बस्तुमा देखा परको रोग उपचार विधिका विषयमा छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा पशु चिकित्सक उमेष मण्डलले हाल पशुपन्छीमा देखिएका विभिन्न रोगले गर्दा धेरै किसान चिन्तामा बसेकाले चिन्ता लिनु भन्दा पनि आफूले पालेको पशुबस्तु वा चौपायालार्य कसरी रोग लाग्नबाट बचनाउन सकिन्छ भन्ने तर्फ चनाखो हुन आग्रह गरे । उनले यदि रोग लागिहालेमा नआत्तिकन उपचार तर्फ लाग्न र पशु प्राविधिक एवं पशु चिकित्सकसँग सल्लाह लिन अनुरोध गरे ।

कार्यक्रममा मण्डलले पशुपालनमा गोठ कस्तो हुनुपर्छ ? मलमुत्रको व्यवस्थापन कसरी गर्ने,अहिले नेपालमा पशुपालन गर्नका लागि कस्तो जातको गाईभैसी पालन गर्ने भन्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा एबि प्यालेट प्रालिका संञ्चालक पिताम्बर सन्जेलले पछिल्लो समय पशुपालन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउँर्द एबी प्यालेट फिडद्धारा उत्पादीत शुभम र सुपर प्लेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई अनुरोध पनि गरे ।

कार्यक्रममा टोखा पशु व्यावसायिक समिति अध्यक्ष हिराकाजी श्रेष्ठले कम्पनीहरुले बेच्नका लागि सुरुमा राम्रो दाना पठाउने पछि धेरै बिक्री हुन थालेपछि दानाको क्वालीटी घटाउने गरेको गुनासे गरे ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ११, २०८०