मङ्लबार, बैशाख २५, २०८१

भेंडाको दूध दुहुँदै किसान

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कस्थित भेंडागोठमा भेंडाको दूध दुहुँदै गोठाला । किसानले भेंडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन् । ताप्लेजुङमा भेंडाको घ्युु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री हुँदै आएको छ । भेंडाको घ्यु दैनिक रुपमा भुटुनको रुपमा प्रयोग गर्नुका साथै आगोले पोलेकाका लागि र विभिन्न प्रकारका रोगहरुका लागि औषधिको रुपमा प्रयोग हुने गर्छ । पछिल्लो समयमा चरनको अभाव र युवा पुस्ताले भेंडापालन प्रति चासो नदिएकाले भेंडागोठ लोप हुँदै गएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: आइतवार, बैशाख ३१, २०८०