शुक्रबार, बैशाख १४, २०८१

मलमा उपलब्ध गराइएको अनुदान रकम कटौती हुँदा दलका संगठनलाई विज्ञप्ति मै भ्याइ नभ्याई

काठमाडौं । सरकार किसानहरुलाई रासायनिक मलमा उपलब्ध गराउँदै आईरहेको अनुदान कटौती गरेको छ । जसले गर्दा किसानहरुले विगतको भन्दा चर्को मूल्यमा रासायनिक मल खरिद गर्नु पर्ने भएको छ । किसानहरुले चर्को मूल्यमा रासायनिक मल खरिद गर्नु पर्ने वाध्यता आएपछि विभिन्न राजनीतिक दल निकट किसान संगठनहरुले विज्ञप्ति जारी गर्न भ्याई नभ्याई भएको छ ।
सरकारले अनुदान कटौती गरेका कारण किसानहरुले मलमा मूल्य थप गर्नु परेको भन्दै दल निकट संगठनहरुले किसानका पक्षमा बोले जस्तै गरेर नौटङ्की शुरु गरेका छन् । किसानहरुले विगतदेखि नै रासायनिक मलको अभाव खेपिरहेका छन् । अझ तराईका २२ जिल्लामा त भारतबाट चर्को मूल्यमा रासायनिक मल खरिद गरेर भए पनि आफ्नो खेतबारीलाई बाँझो हुनबाट बचाएका छन् । तीनै संघषर््ा गरिरहेका किसानहरुको नाम भजाएर काठमाडौंमा राजनीति गर्नेहरुले भने विज्ञप्ति जारी गर्दा सरकारलाई दवाव दिएको जस्तो गर्नुलाई अहिले कृषि विज्ञहरुले नौटङ्कीको संज्ञा दिएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत्र १, २०७९