बुधबार, बैशाख २६, २०८१

कृषि पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्ष हिमेश, २ महिना भित्र ९ वटै जिल्लाका शाखा विस्तार

काठमाडौं । कृषि पत्रकार महासंघ नेपालको सुदूर पश्चिम प्रादेशिक शाखा अध्यक्षमा हिमेश विक चयन भएका छन् । सुदूर पश्चिम प्रदेशका नौ वटै जिल्लाका क्रियाशील पत्रकारहरुको धनगढीमा भएको भेलाले विकलाई अध्यक्षका रुपमा चयन गरेको हो ।

प्रदेश शाखाको उपाध्यक्षमा तर्क राज भट्ट कन्चनपुर, सचिवमा तेज बोहरा बझाङ, सह–सचिवमा अनिता चौधरी कैलाली, कोषाध्यक्षमा सरस्वती साफरी क्षेत्री कैलाली, सदस्यहरुमा रेखा कलौनी बझाङ, भागरथी सामन्त दार्चुला, धनी कोली डडेल्धुरा, राजन जैगडी धनगढी, देबराज पाध्य बाजुरा, सुरज सुनार अछाम, दिपक नेपाली कन्चनपुर, मोहन बहादुर चन्द वैतडी चयन भएका छन् ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री मानबहादुर सुनारले कृषि पत्रकार महासंघले आफ्नो संस्थालाई पहिलो पटक सुदूरपश्चिमबाट विस्तार गरेकोमा खुशी व्यक्त गर्नु हुँदै देश कृषि प्रधान भएको भएपनि कृषि क्षेत्रको विकास हुन नसकिरहेका बेला कृषि क्षेत्रको विकासका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

उनले सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्ये कैलाली र कञ्चनपुरमात्र तराईमा पर्ने भएपनि वाँकी ७ जिल्ला दुर्गमा भएकाले पहाड र तराईको उत्पादन र पशुपन्छी जन्य उद्यागका लागि आफूले गर्न सक्ने कार्य निरन्तर गरिरहने बताए ।

कार्यक्रम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदन बहदुर धामीले पछिल्लो समयमा सो प्रदेशमा कृषिको बृहत्तर विकास भईरहेको जानकारी दिनु हुँदै मुख्य मन्त्री कृषि कार्यक्रम जस्त नयाँ कार्यक्रमले किसानमा उत्साह ल्याएको समते बताए ।

कार्यक्रममा कृषि पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष वैकुण्ठ भण्डारीले कृषि क्षेत्रमा वितगमा हुने गरेको कागजी उत्पादन गरेर अनुदान खाने प्रबृत्तिको अन्त्य गर्दै वास्तविक किसानसम्म अनुदान पु¥याउन मन्त्रालयले पहल गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९