शुक्रबार, बैशाख १४, २०८१

बागलुङमा किसानलाई चल्ला अनुदान

काठमाडौँ । बागलुङ जिल्लामा किसानहरुलाई कुखुराको चल्ला अनुदान दिएका छन् । बागलुङ नगरपालिका ३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको छ । वडाको अनुदानबाट किसानहरुले पशुपक्षीपालनमा लाभ उठाएका छन् ।

वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका ३ हजार चल्ला वितरण गरिएको बताएका छन् । १ सय पर्ने चल्लालाई किसानले ५० तिरेका थिए भने समितिमार्फत वडाले ५० अनुदान दिएको थियो । एक जनाले ८ देखि १२ वटासम्म चल्ला पाएका छ, कुखुरापालनमा किसानलाई व्यावसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको अध्यक्ष सापकोटाले बताए । अनुदानमा वडाको १ लाख ५० हजार खर्च भएको बताए ।

अध्यक्ष सापकोटा आफैँ पनि व्यावसायिक कुखुरापालक हुनु । समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैँसीको बीमाका लागि किसानलाई सघाएको छ । वडाका अधिकांश किसानले पशु बीमा गरेका छन् । भने १ करोड ७२ लाख बराबरको बीमा गरिएको अध्यक्ष सापकोटाले बताएका छन् ।

एउटा भैँसीको अधिकतम् १ लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाई भैँसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पुश बीमामा ६८ हजार खर्च भएको समितिले बताएका छन् । कूल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्ववापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने उदेश्य रहेको बताए ।

एउटै भैँसीको मृत्यु भए किसानलाई झण्डै १ लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ रहेको छ । व्यावसायिकरूपमा पशुपक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकले बीमा खोज्ने गरेको किसानहरुले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, बैशाख ७, २०७९