शनिबार, बैशाख १५, २०८१

कृषिका परियोजनाले विचौलिया बढाउने काम गरिरहेको नगरपालिका संघ अध्यक्ष अशोक व्याञ्जुको आरोप

काठमाडौं । कृषि क्षेत्रको विकास र व्यवसायिकीकरणका नाममा वैदेशिक ऋण तथा अनुदानमा सञ्चालित आयोजनाले विचौलिया बढाउने काम गरिरहेको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले आरोप लगाएका छन् ।

विश्व वैको ऋण सहयोग एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा सञ्चालनमा आउन लागेको ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको शुभारम्भ कार्यक्रममा श्रेष्ठले सो आरोप लगाएका हुन् ।

संघ र प्रदेश सरकारले सरकारले कृषिका योजनाहरु छुट्टा छुट्टै बनाएर स्थानीय तहलाई पाखा लगाउने प्रयास गरिएको भन्दै अध्यक्ष व्याञ्जुले यस्ता कार्यले सरकारलाई ठूलो समस्या पर्ने बताएका छन् ।

स्थानीय सरकारलाई वेवास्ता गर्दै स्थानीय तहले बनाएका कृषि योजनाहरुलाई नसमेट्ने हो भने कुनै पनि आयोजनाहरु काम नलाग्ने उनको भनाई थियो ।

कार्यक्रमा अध्यक्ष श्रेष्ठले नेपालमा कृषि क्षेत्रको विकासका लागि कुनै पनि वैदेशिक आयोजनाहरुको आवश्यक नभएको बताए । कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि र समृद्ध नेपालको परिकल्पना अनुसार अगाडि बढ्ने हो भने ऋण खोजेर आयोजना सञ्चालन गर्नु भन्दा उद्योगीहरुलाई नै कृषिमा संलग्न गराउनु पर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८