शुक्रबार, बैशाख १४, २०८१

कृषि अनलाईनका सम्पादक बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन

काठमाडौं । कृषि विषयलाई मात्र प्राथमिकता दिएर प्रकाशन भईरहेको नेपालको पहिलो साप्ताहिक पत्रिका कृषि साप्ताहिक र डिजिटल पत्रिका कृषि अनलाईनका सम्पादक वैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ । यस अघि भण्डारीको अध्यक्षतमा कृषि पत्रकार समाज नेपाल २०६९ सालमा स्थापना भएको थियो । तत् पश्चात नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना), कृषि सञ्चार समाज स्थापना भई क्रियाशील भएका थिए ।

अहिले तीनवटै संस्था एकीकरण गरी नेपाल कृषि पत्रकार महासंघ गठन गरिएको गरिएको हो । पेशागत अधिकार र श्रमजिवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदैं सम्बन्धित निकायसम्म पु¥याउने उदेश्यले स्थापित महासंघको पदाधिकारीको पहिलो वैठकले कृषि पत्रकारको स्वास्थ सुरक्षालाई लक्षित गरी २५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय एवं घोषणा समेत गरेको छ ।

ाकृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उदेश्य सहित साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्र्तराष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ भएको हो । नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् ।

देशैभर समान उदेश्य राखि स्थापना भएका कृषिसंग सम्बन्धीत संचार संस्थाहरुलाई छाता संगठनमा आवद्धताका लागि समेत महासंघको पहिलो वैठकले आव्हान गरेको छ ।

विहिबार बसेको वैठकले कृषि पत्रकार स्व. गोविन्द प्रसाद घिमिरेको नाममा गोविन्द शर्मा स्मृति कृषि पत्रकारिता पुरस्कार स्थापना गरी सो पुरस्कार महासंघ स्थापना दिवसको अवसर पारी हरके वर्ष कृषि क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारलाई सम्मान गर्ने जनाएको छ । साथै महासंघले सातै प्रदेशमा छरिएर रहेका कृषि पत्रकारहरुलाई संगठित गरी महासंघको सातै प्रदेश शाखा विस्तार गरेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र ५, २०७७