शुक्रबार, बैशाख १४, २०८१

मकवानपुरमा मरेका कुखरामा बर्डफ्लु देखियो तर किन गुपचुप !

काठमाडौं, फागुन । केही साता अगाडि मकवानपुरको एक कुखुरा फार्ममा पालिका कुखुराहरु धमाधम मर्न थाले । कुखुरा व्यवसायीले कुखुराको रोग पत्ता लगाउनका लागि मरेको कुराको नमूना लिएर सम्वन्धित ठाउँमा पु¥याए ।
मकवानपुरमा मरेका कुखुरामा वर्डफ्लु संक्रमण भएको पुष्टि भयो । तर सो कुरा सार्वजनिक गरिएन लुकाइयो । कुखुरामा वर्डफ्लु भएको सूचना पशुपन्छी तथा कृषि विकास मन्त्रालयको पशुपन्छी तर्फका सचिव प्रकाश माथेमा कहाँ पुग्यो । सचिव माथेमाले यस विषयमा सोच्नै भ्याएनन् । पशुपन्छी सेवा तर्फ डाक्टर नै डाक्टर भएपनि कुखुरामा वर्डफ्लुको विषयमा लुकाउने काम किन भयो यसको जवाफ कसैले दिन मान्दैनन् ?
पशुसेवा विभागलाई पत्तै भएन वा थाहा भएर पनि थाहा नपाएको झै ग¥यो । सूचना पाउन मुश्किल देखियो । विगतमा कुखुरामा वर्डफ्लु भयो भन्दै हंगामा मच्चाउने र कुखुरा फार्ममा गएर भटाभट कुखुरा मार्ने पशु चिकित्सकहरु पनि यतिखेर हराए । सायद कर्मचारी समायोजन लाग्यो होला र त कुखुरामा वर्डफ्लु देखिँदा पनि सवै मौन बसे ।
मकवानपुरमा कुखुरामा वर्डफ्लु देखिएको लुकाउनुलाई केही उच्च कर्मचारीहरुको मिलेमतो छ भन्नेमा दुईमत नै भएन । भारतबाट आयात गरिएको कुखुराको अण्डामा वडफ्लु हुन सक्ने भन्दै व्यवसायीहरुले ल्याएको अण्डा नष्ट गर्न आतुर देखि पोल्ट्री व्यवसायीहरुले पनि बर्डफ्लुको विषयमा कुरा लुकाएका छन् । उनीहरु आफ्ना व्यवसाय चौपट होला भन्दै मन्त्रालय, पशु सेवा विभाग र प्रयोगशालाका उच्च अधिकारीहरु समेतको मिलेमतोमा बर्डफ्लु को घटना लुकाएको कृषि तथा पशुपन्छी मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
अहिले कुखुरामा वर्डफ्लु भएको भएपनि त्यस्ता कुखुरा बजारमा पठाइएको छ । आर्थिक प्रलोभनमा परि कुखुरामा देखिएको वर्डफ्लुको विषय गुपचुप राख्नु घातक हुने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २४, २०७५