आइतवार, बैशाख १६, २०८१

अलैची नीति लागू गर्न माग

काठमाडौ, १ माघ । अलैची नीति लागू गर्न अलैची व्यवसायीले सरकारसँग माग गरेका छन् । अलैची व्यवसायलाई प्रभावकारी र व्यवसायिक बनाउन सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि अलैँची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीरूको माग छ ।
शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढवा दिने उद्देश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि अहिलेसम्म नीति लागू नभएका कारण व्यवसायीहरूले सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
कूल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि सरकारले चासो नदेखाएको व्यवसायीहरुको आरोप छ ।

प्रकाशित मिति: सोमवार, माघ १, २०७४