बिहिबार, बैशाख २०, २०८१

दाइँ लगाउने चलन हराउँदै

पाल्पा, २८ मंसिर । गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो ।
धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको मदनपोखराका किसान लीला बस्यालले बताए । करिब आठ हजार ५०० हेक्टरमा धानखेती गरिँदै आएको छ । कम खर्च र छिटोछरितो रूपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित भएका हुन् ।

प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०७४