बुधबार, बैशाख १९, २०८१

पूर्व कृषि मन्त्री गजुरेल प्रतिनिधि सभा सदस्यमा विजयी

सिन्धुली, २४ मसिर । प्रतिनिधिसभाका लागि २१ गते सम्पन्न निर्वाचनामा पूर्व कृषि मन्त्री हरिबोल गजुरेल सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका बाट निर्वाचित भएका छन् ।
बाम गठवन्धनबमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएका गजुरेल आइतबार बिहान आएको अन्तिम नतिजामा १२ हजारको मतान्तरले विजयी भएका हुन् ।
उनले ३० हजार १७९ मत ल्याएका थिए भने प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गरे ।
कृषि मन्त्री हुँदा कहिल्यै विवादमा नआएका गजुरेल कृषि मन्त्रीबाट विदाई भएर जाँदा पनि कृषि क्षेत्रमा मन्त्री हुँदा पनि काम गर्न नसकेकोमा आफैलाई दोष दिएर विदाई भएका थिए । अन्य मन्त्रीहरुले भने कर्मचारीलाई दोष दिएर जाने गरेका थिए । माओवादी केन्द्रमा भद्र नेताका रुपमा चिनिएका गजुरेलले गत वर्ष कृषि मन्त्रीबाट विदाई भएर जाँदा आफू फेरि पनि कृषि मन्त्री भएर आउने इच्छाव्यक्त गरेका गजुरेल आगामी दिनमा कृषि विकास मन्त्रालयको नेतृत्व लिने छन् भन्ने आशा गर्ने ठाउँ देखिएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २४, २०७४