शुक्रबार, बैशाख २१, २०८१

डिएपी मलको विकल्पमा एसएसपी मल वितरण

कैलाली, २३ कात्तिक । हिउँदे बाली लगाउने बेला डिएपी मलको चर्को अभाव हुन थालेपछि साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीले कैलालीसहित सुदुरपश्चिममा एसएसपी मल बिक्री गरिरहेको छ । यसअघि प्रयोग गरिने डिएपीको माग अनुसारको आपूर्ति हुन नसकेपछि यस वर्षदेखि मलको अभाव हुन नदिन भारतको साई फर्टिलाइजर कम्पनी लिमिटेडबाट डिएपीको सट्टा एसएसपी र युरियाको सट्टा सिंगल सुपर सल्फ्रेट आयात गरिरहेको कर्पोरेसनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए । उनले कैलालीमा १३ हजार बोरा एसएसपी मल बिक्री गरिरहेको समेत बताए ।
बजारमा उपलब्ध डिएपी र युरिया मलमा क्याल्सियम र सल्फरको मात्राभन्दा एसएसपी मलमा यसको मात्रा पर्याप्त रहेको सहायक महाप्रबन्धक पाण्डेले उल्लेख गरे । एसएसपी मलको मूल्य प्रतिबोरा रु एक हजार रहेको छ भने सुपर सल्फ्रेट रु एक हजार ४७० रहेको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २३, २०७४