आइतवार, जेष्ठ ६, २०८१

बारा दूधमा आत्मनिर्भर बन्दै

कलैय, साउन १३ । बारा दुध र्उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । गत असार मसान्तसम्म मा ३ अर्व २६ करोड ६९ लाख रुपियाँ बराबरको ६५ हजार ३ सय ३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
जिल्लामा स्थानीय जातको ३१ हजार ३ सय १० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९ सय ९९, स्थानीय जातको ४५ हजार ७ सय ७१ भैसी, उन्नत जातको १ लाख ८ हजार ३ सय २२ भैसी रहेको तथ्यांक छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४