सोमवार, जेष्ठ ७, २०८१

मुसहर समुदाय च्याउ खेतीतर्फ

महोत्तरी, साउन १३ । महोत्तरी बर्दिवासका मुसहरबस्तीका मुसहर च्याउखेतीतर्फ आकर्षित भएका छन् । विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानबाट च्याउखेतीको तालिम पाएपछि सो मुसहर समुदाय मजदुरी गर्न छाडेर च्याउखेती तर्फ लागेका हुन् । थोरै जग्गा र कम समयमा बढी उत्पादन हुने भएपछि च्याउखेती गर्न थालेको उनीहरु बताउँछन् ।
बर्षौदेखि विभिन्न समस्याले पिल्सिएका सो क्षेत्रका बासिन्दाहरुको दिनचर्या अहिले च्याउ खेतीमा वित्न थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४