आइतवार, बैशाख १६, २०८१

बाख्रामा कृत्रिम गर्भाधान सफल

बनेपा, २८ असार । काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले बताए ।
प्रजननमा विकृत अवस्था पनि आउनसक्ने र यसका धेरै कारण हुनसक्ने उनी बताउँछन् । उनका अनुसार जिल्लाको कोशीपारि क्षेत्रका विभिन्न स्थानलाई प्राथमिकतामा राखेर सापिङमा बाख्राको कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको र त्यहाँबाट धेरै बाख्रापालक कृषकले कृत्रिम गर्भाधानको सुविधा लिएका छन् ।
कोशीपारिको कात्तिके देउराली, माझिफेदा, पोखरीचौरी, सापिङलगायतका क्षेत्र बाख्रापालनका लागि पकेटक्षेत्र मानिन्छ । कृत्रिम गर्भाधान सफल देखिएपछि जिल्लामा पछिल्लो समय बाख्रामा कृत्रिम गर्भाधान गर्नेको बढ्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, असार २८, २०७४