बुधबार, बैशाख १९, २०८१

कुखुराको दानामा सिदार्थ पेलेटको ब्रम्हलुट

काठमाडौं, असार १८ । ब्रोइलर कुखुराको मासुको लागि आत्मर्निभर तर्फ लाग्दै गरेको नेपालका कुखुरापालक किसानहरु धमाधम कुखुरापालन व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् । चल्ला उत्पादन कम्पनी देखि दाना, औषधी, र कोल्स्टोर व्यवसायी सम्मले किसानलाई ठगीगर्दा सम्म सरकारी निकाय मौन रहंदा कुखुरापालन व्यवसायीहरु पेशावाट पलायन हुने अवस्थामा पुगेका छन् ।सरकारले कृषि क्षेत्रलाई बिशेष सहुलियत दिने घोषणा गरेपछि गाँउ गाँउमा युवाहरु कुखुरापालन व्यवसाय तर्फ आर्कर्षित भइरहेका छन् । ४५ दिन भित्र राम्रो कमाई हुने आशामा व्यवसायमा लगानी गरेका युवा किसानहरु नाफा त के लागत समेत उठाउन नसक्ने अवस्थामा रहेका छन् । दाना उद्योग, चल्ला उत्पादन उद्योग, मासु किन्ने कोल्डस्टोर, औषधी पसल देखि किसान सम्म जोडने सप्लायस कम्पनीहरु सम्मले किसानलाई ठगीरहेका छन् । sidhartha dana
कुखुरापालक किसानको सबैभन्दा बढी लगानी हुने ठाँउ दाना हो । हालको मुल्य अनुसार १ हजार कुखुरा पाल्दा दुई लाख ५० हजार भन्दा बढी खर्च दानामानै हुने गरेको छ । दानाकै कारण व्यवसायीको घाटा÷नाफाको समेत र्निधारण हुने गर्दछ । दानमा मात्र किसनले लागतको लगभग ८५ प्रतिशत खर्च हुने गरेको छ । तर यति ठुलो रकम किसानबाट उठाउने दाना उद्योगलेनै गुणस्तरहिन दाना उत्पादनका कारण चल्लाहरु नबढनाले किसानहरु समस्यामा परेका छन् । गुणस्तरीय दाना खुवाएका कुखुरा ४० दिन भित्रमानै साँडे दुई किलो बढी हुने गर्दछ । तर सिदार्थ पेलेट दाना उद्योगबाट बजारमा पठाइएको दाना खुवाएको कुखुरा मुस्कीलले दुई किलोको हुने गरेको छ ।
सिदार्थ पेलेटले बजारमा पठाइको दाना ढुंसीआएको, कुहिएको र कुखुराको लागि चाहिने पौष्टीकतत्व समेत नभएको कारण कुखुराहरु बढन नसक्दा आफुहरु घाटामा परेको कुखुरापालन व्यवसायीहरु बताँउछन् । एक महिना अघि नुवाकोटको शिवपुरी ८ स्थीत कुखुरापालन व्यवसायी चन्द्र तामाङले प्रतिगोटा ९५ मा किनेको कुखुराका चल्ला ४० दिन पालेर प्रतिगोटा ७० मा बेचेको बताए । ४० दिन सम्म पाल्दा पनि कुखुराहरु नबढेपछि कोल्डस्टोर व्यवसायीहरुले कुखुरा लिन नमानेर प्रतिगोटा उनिहरुकै भाउमा छाड्न बाध्य भएको उनको गुनासो छ । सिदार्थ पेलेटको दाना खुवाएर ४० दिन पाल्दा पनि चल्लाको भन्दा कम मुल्य पाएको चन्द्रले गुनासो गरे । सिदार्थको दाना खुवाएका नुवाकोटको शिवपुरी गाँउपालीका ८ मा दर्जन बढी किसानका र्फमहरु रहेका छन् तर पछिल्लो पटक कुनै पनि किसानले दुई किलो बढी कुखुरा उत्पादन गर्न सकेका छैनन् ।
सिदार्थ पेलेट दाना उद्योगले बजारमा पठाएको बि टु दानाको मुल्य २७ सय ५० भन्दा बढी लिने गरेको छ तर चितवनको पञ्चरत्न फिडले त्यही दाना बजारमा २४ सय ५० रुपयाँमा बेची रहेको छ । सिद्धार्थ पेलेटका दाना बजारमा चलेको भन्दा प्रतिबोरा ३ सय बढी मुल्य लिने गरेको छ । तर पनि उसको दानाबाट किसानले फाइदा भन्दा आफनो लागत समेत उठाउन सकिरहेको छैनन् ।
कुखुराको चल्ला, दाना, औषधी र लागत सहित प्रति कुखुरा साँडे दुई किलो हुनैपर्ने हुन्छ । तर सिदार्थका दाना खुवाएका नुवाकोटका कुखुरापालन व्यवसायीका कुखुराहरु मुस्कीलले दुई किलोका हुने गरेको कुखुरापालक किसानहरुले बताएका छन् । हाल बजारमा दैनिक जिँउदो कुखुराको मुल्य २ सय ३० रुपयाँ प्रतिकिलोमा ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । पोल्ट्री व्यवसायीहरुले एउटा कुखुराको सरदर २ किलो दुई सय ग्राम भएमा मात्र उक्त मुल्य दिने गरेका छन् । त्यस भन्दा कम भएमा उनिहरुकै भाउ हुने गरेको छ । पोल्ट्री व्यवसायी संघले तोकेको मुल्य प्रतिकिलो २ सय ३० मा पनि पोल्ट्री व्यवसायीले पाँच देखि १० रुपयाँ डिलर कमिसन भन्दै उल्टै लिने गरेका छन् । त्यस्तै प्रति क्विनटेल कुखुरामा कोल्डस्टोर व्यवसायीले जर्ती भन्दै दुई देखि ५ केजी सम्म किसानले बेचेकै कुखुराबाट घटाउने गरेका छन् ।
त्यस्तै व्यवसायीको कुखुरा कोल्डस्टोर सम्म ल्याउन ७ देखि १० हजार सम्म भाडा तिनुपर्ने र बाटोमा मरेका कुखुराको समेत किसानले घाटा व्यवहोनुपर्ने हुंदा कुखुरापालन गर्ने गाँउ गाँउका गरिब किसान डुव्ने अवस्था रहेको छ । पछिल्ला एक महिना यति शिवपुरी गाँउपालीका ८ नुवाकोटका दर्जन बढी युवा व्यवसायीहरुले आफनो लागत उठाउन सकीरहेका छैनन् । काठमाडौंको एक कलेजको जागीर छाडेर ६ महिना अघि देखि कुखुरापालन व्यवसाय थालेका शिवपुरी ८ नुवाकोटका प्रबिण थपलियाले ब्रोइलर कुखुराको व्यवसायबाट फाइदा कमाउन निकै मुस्कील रहेको बताए । कुखुरापालनमा कुनै जोखीम नबेहोर्ने पोल्ट्री व्यवसायी संघलाई उल्टै डिलर कमिसनबापत भन्दै प्रतिकिलो ५ देखि १० रुपयाँ लिने गरेको आरोप लगाए । १ क्वीनटल कुखुरा बेच्दामा ३ देखि ५ केजी जर्ती भन्दै कोल्डस्टोर व्यवसायीले हाम्रै कुखुराको भाउ घटाँउछन अनि उनिहरुलाई उल्टै हामीले डिलर कमिसन भनेर पैसा तिनुपर्ने रु कहाँ सम्मको न्याय सम्मत भयो यहाँ कुखुरापालक किसानलाई कसरी सहयोग भयो रु
उनले हालको बजारको मुल्य अनुसार एक हजार कुखुरा पाल्दामा ३ लाख ८० हजार खर्च भएको बताए तर मैले लागत उठाउन सक्ने अवस्था देखिन् । उनले भने आज बिहान १ हजार कुखुरा पाल्दा दुई सय मरेको र आज बिहान ४२० कुखुरा बेच्दामा लगभग १ लाख ७५ हजार रुपयाँ मात्र पाएको बताए । थपलिया भन्छन् यो पटक १ हजार कुखुरा पाल्दामा म ५० हजार घाटामा परें ।
उनले भने मैले ४५ दिन कुखुरा पालें कुखुराको फोहर सुली मैले फाल्ने तर म प्रति कुनै उत्तरदायी नहुने कोल्डस्टोरलाई डिलर कमिसन दिंए, सप्लायसलाई फाइदा, चल्ला उत्पादन कम्पनीलाई रकम, दाना कम्पनीलाई २ लाख ५० हजार बढी पैसा, भेटेनरीबाट २० हजार बढीको औषधी अनि म चाँही ५० हजार घाटामा रु प्रबिणका अनुसार उनले पनि आफनो कुखुरालाई सिदार्थ पलेटकै दाना खुवाएका थिए । आज बेचेको ४ सय कुखुराको ८ सय २८ केजी भएको बताए ।
केहि समय अगाडी शिवपुरी ८ कै प्रशान्त श्रेष्ठले सिदार्थ पेलेटका दाना खुवाएर ५ सय कुखुरा पालेकोमा उनको कुखुरा १ केजि ८ सय ग्राम मात्र भएको थियो । रबिन थपलिया

प्रकाशित मिति: आइतवार, असार १८, २०७४