शुक्रबार, बैशाख २१, २०८१

प्रांगारिक मल खरिद रोकियो, राज्यको २० करोड बच्यो

काठमाडौं, असार  । चालु आर्थिक वर्षको बजेट सिध्याउने गलत नियमले खरिद गर्न लागिएको प्रांगारिक मलको प्रक्रिया रोकिंदा राज्यको करीव २० करोड रुपैयाँ बचत भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेडले खरिदorganic-fertilizer गर्न लागेको २५ करोड बराबरको प्रांगारिक धूलो मल र दानादार मल र भर्मि कम्पोष्ट मल खरिद प्रक्रियामा भर्मि कम्पोष्ट बाहेक प्रांगारिक मल खरिद प्रक्रिया भने रद्द गरिएको छ । प्रांगारिक मल खरिद प्रक्रिया टेण्डर मार्फत नै हुन लागेको भएपनि समय, रकम र गुणस्तरका विषयमा चर्को विवाद देखिएको थियो । कृषि अनलाईनले २५ करोडको प्रांगारिक मल मिलेमतोमा टेण्डर मार्फत नै खरिद गरिन लागिएको र गुणस्तरहीन प्रांगारिक मल खरिद प्रक्रिया समेतको समाचार प्रकाशन गरेको थियो । मल खरिद प्रक्रियामा कृषि विकास मन्त्रालय र कृषि सामग्री कम्पनी स्वयं विपक्षमा उभिएको थियो । तर तात्कालिन कृषि मन्त्री गौरी शंकर चौधरीले तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत कृषि सचिव, कृषि सामग्री कम्पनीलाई समेत चर्को दवाव दिन लगाएर टेण्डर प्रक्रिया अगाडि बढाउने लगाइएको थियो ।
अन्ततोगत्वा प्रांगारिक मल खरिद प्रक्रियामा विभिन्न कारण देखाउंदै कृषि सामग्री कम्पनीले रद्द गरेको छ । जसले किसानहरु ठगिनबाट बचेका छन् भने राज्यको २० करोडभन्दा बढी रकम जोगिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १७, २०७४