आइतवार, बैशाख १६, २०८१

आषाढको अन्त्यमा विदेशतिर लस्कर !

ministry-of-agricultureकाठमाडौं, १२ असार । कृषि विकास मन्त्रालयमा यतिखेर विदेश भ्रमणमा जाने लस्कर देखिएको छ । प्राविधिक मन्त्रालय भएका कारण विदेशमा गएर कृषि क्षेत्रको विकासका कुरा सिक्नका लागि तालिम भ्रमण उपयुक्त हुने भएपनि केवल घुमघाम र भत्ता जोहो गर्ने भ्रमणमा रुपमा कृषि विकास मन्त्रालयमा लिने गरिएको छ । कृषि विकास मन्त्रालयबाट विदेश भ्रमणमा जानेहरुले अहिलेसम्म कुनै पनि उपलब्धी हासिल गरेको देख्न सकिंदैन । विदेश भ्रमणका लागि वार्षिक बजेट पुस्तकमा नै राख्न लगाएर हरेक वर्ष करोडौं रुपैयाँ सक्ने गरेको देखिन्छ ।
कृषि विकास मन्त्रालयको सो भ्रमणका लागि बजेट स्वीकृत गराउदादेखि नै अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका उच्च अधिकारीहरु समेत भ्रमणमा सहभागी हुने गरी बजेट तयार हुने गरेको कृषि विकास मन्त्रालयका एक सहसचिवले कृषिलाई बताए । उनले भने‘यो भ्रमण वार्षिक कार्यक्रममा नै भएकोले केही असर गर्दैन पत्रकारहरुले समाचार लेख्दैमा भ्रमण रोकिंदा पनि रोकिंदैन’ ।
किसानका नाममा कृषि विकास मन्त्रालयले विदेश भ्रमणमा नै करोडौं रुपैयाँ सक्नु उचित नहुने भएपनि विदेश भ्रमणको उपलब्धी खोज्नु मूर्खता हुने उनले बताए । हुन पनि कृषि विकास मन्त्रालय विदेश जाने एउटा टोली अहिले कोरियामा छ भने केही दिनमा नै अर्को टोली कोरिया उड्दै छ । त्यत्तिमात्र होइन सचिवको नेतृत्वको टोली पनि असार १४ गते नै सिंगापुर भ्रमण गर्दैछ ।

प्रकाशित मिति: सोमवार, असार १२, २०७४