बिहिबार, बैशाख २७, २०८१

क्षतिपूर्ति पाएपछि जुम्लाका स्याउ कृषक खुसीले दङ्ग

जुम्ला, ११ असार । जुम्ला । मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग छन् ।
कार्यक्रममा गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये १०५ जनाले क्षतिपूर्ति पाएका हुन् । मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पु¥याएकाले बिमा गरेका कृषकलाई राहत पाएका हुन्।
१० वटा स्याउका बोट बराबर रु दुई हजार ९२१ उपलब्ध गराएका जसमा अधिकतम् रु १४ हजार ६०५ र न्यूनतम रु दुई हजार ९२१ क्षतिपूर्ति उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुरुको वर्षमा ४७ जनाले मौसमी स्याउ बिमा गरेकामा कुनै क्षति नपुगेको तर पछिल्लो समयमा बिमा गरेका किसानको स्याउमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, असार ११, २०७४