आइतवार, बैशाख १६, २०८१

रौतहटमा दूध अभाव

गौर, असार ८ । चाडपर्वमा दूधको प्रयोग बढी हुने गरेको भए पनि दूध आपूर्तिको अभावले रौतहटमा धूलो दूध प्रयोग गर्नेको संख्या बढ्न थालेको छ । माग अनुसार आपूर्ति नहुँदा तथा बजारमा पाउने दूध पनि गुणस्तरीय नहुँदा यहाँका उपभोक्तादेखि दूधबाट विभिन्न पेशा, व्यवसाय गर्ने व्यक्तिले समेत धूलो दूधको प्रयोग बढाएको पाइएको छ । घरायसी प्रयोगमा पनि धूलो दूधको प्रयोग हुन थालेको त देखिएको थियो अव त रौतहटमा मिठाई पसलले पनि धुलो दूधको प्रयोग गर्न थाल्दा गुणस्तरीय दुग्धजन्य खानेकुरा पाउन छोडेको स्थानीय बासिन्दा शंकर दासले बताए ।

प्रकाशित मिति: बिहिबार, असार ८, २०७४