बिहिबार, बैशाख २०, २०८१

भूकम्प प्रभावित किसानको अनुदान दुरुपयोग

म्याग्दी, असार ६ । म्याग्दी जिल्लाका भूकम्प प्रभावित किसानलाई कृाि औजार खरिद गर्न वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको किसानहरुले गुनासो गरेका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ को राष्ट्रिय पुनर्निर्माण राहत पुनस्र्थापना कार्यक्रम मार्फत भूकम्प प्रभावित किसानले खरिद गर्नु पर्ने कृषि औजार तथा सामग्री जिल्ला कृषि विकास कार्यालयका कर्मचारीले विना जानकारी किनेर अनुदान रकममा अनियमितता गरेको किसानहरुले बताएका छन् ।
जिल्लाका भूकम्प प्रभावित किसानलाई अनुदान कार्यक्र अन्तर्गत थोंपा सिंचाईको लागि १० जनालाई ३२ हजार ७ सयम ५० रुपैयाँ बराबरको कृषि सामग्री वितरण गर्नु पर्नेमा कमसल र कम सामग्री उपलब्ध गराएको किसान प्रेम गिरीले बताए ।
सम्झौता अनुसार सामग्री छैन । पीडितको नाममा आर्थिक अनियमितता भएको छ गिरीले भने । कूल रकमको १० प्रतिशतका दरले किसानले ३ हजार २ सय ७५ रुपैयाँ कार्यालयमा बुझाएपछि प्राप्त सामग्री १० हजार रुपयाँ भन्दा कमको रहेको उनको भनाई छ । पाईप इजरायल र भारतबाट ल्याएको भन्दै भ्रम छर्ने काम भएको छ । अनुदान रकममा ब्रम्हलुट मच्चाएको छ ,उनले भने ।
गत वर्ष राष्ट्रपति कृषक सम्मानबाट पुरस्कृत गिरीले किसानले आवश्यकता अनुसारको सामान किनेर विल उपलब्ध गराउने बताइए पनि एक्कासी सामान बुझ्न बोलाइएको उनले बताए । पाँच सय लिटरको ट्याँकी, तीन सय मिटर पाईप र ३० मिटरको साधारण फिल्टर लगायन जडान उपकरण दिइएको छ ।
कूल लागतको १० प्रतिशत बुझाएको भपाईको आधारमा सामान नभएपछि गिरीले कार्यालयलाई नै अनुदानको सामग्री फर्काइदिएका छन् । जिल्ला कृषि विकास कार्यालयले २०७४ जेठ २६ गते जारी गरेको सूचनामा कृषि विकास समितिको निर्णयअनुसार आफ्नो भागमा परेको सामान किनेर बजराबाट किनेको खुलाई कार्यालयबाट प्रमाणित गरी भुक्तान लिन सूचना समेत प्रकाशित गरेको थियो ।
अनुदानको सामान लिन ११ जनाको निवेदन परेकोमा १० जनाले दिइएको निवेदनमा समेत सामान खरिद वापतको रकम भुक्तानी दिने आशयको व्यहोरा छ ।
जिल्लामा कृषि औजार तथा सामग्री खरिदमा यो वार्ष ३२ लाख ९० हजार प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मिनी पावल टेलर, थ्रेसर मेसिन, रेन वाटर प्लाष्टिक पोखरी, जिरो इनजी वर्षा पम्प, विद्युतीय मकै छोडाउने कर्न सेलर लगाइएका उपकरण उपलब्ध गराउने प्रक्रिया रहेको समेत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, असार ६, २०७४