शनिबार, बैशाख २२, २०८१

सरकार परिवर्तनसँगै कृषि सचिव परिवर्तनको तयारी ?

काठमाडौं, जेठ । सरकार परिवर्तनसँगै मन्त्रालयका सचिवहरु पनि परिवर्तन हुने गरेको घटना कुनै नयाँ र नौलो पनि होइन । तर पनि विषय बुझेका व्यक्तिलाई मन्त्रालयमा राख्दा मन्त्रीलाई काम गर्न सजिलो हुन्छ भन्ने सवैको सोचाई पनि हो । कृषि विकास मन्त्रालयबाट विभाजन गराईएको पशुपन्छी विकास मन्त्रालय नयां संरचना अनुरुप फेरि मर्ज हुने पनि चर्चा चलिरहेको छ । यो चर्चासंगै कृषि विकास मन्त्रालयका सचिव र पशुपन्छी विकास मन्त्रालयका सचिवलाई कसरी मिलाउने भन्ने विषयमा पनि सरकारलाई झण्झट त होला नै ।
तर पनि राष्ट्रिय किसान आयोग गठन ताका आयोगको सदस्य सचिव कृषि तथा बन समूहका सचिव मध्येबाट रहने भन्ने तयारीलाई तुहाउन सफल भएका वर्तमान सचिव डा. सुरोज पोखरेल अहिले आफू कृषि विकास मन्त्रालयबाट हट्छु कि भन्ने डर पनि छ । कृषि विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि माओवादी कै कारण प्रतिष्पर्धीहरुलाई उछिन्दै सचिव भएका पोखेरले सोही मन्त्रालयमा बस्नेका लागि दौडधुपमा रहेको बताएको छ । सचिव पदबाट अवकाश पाउना साथ कि एफएओको जागिर वा विदेश पलायनको पूर्व तयारी गरेर बसिरहेका पोखरेललाई माओवादी केन्द्रबाट मन्त्री भएका हटाउने निश्चित देखिएको छ ।
काम चलाउन कृषि मन्त्री गौरी शंकर चौधरी र कृषि राज्यमन्त्री राधिका तामाङवीच समन्वय गराउन उनी असफल भएको माओवादी निकट कर्मचारीहरुको आरोप छ । त्यसैका कारण रासायनिक मल विवाद चरम उत्कर्षमा पुगेको थियो । सचिव पोखरेललाई आफ्नै अडानमा रहन नसक्ने सचिवका रुपमा पनि कृषि विकास मन्त्रालयका कर्मचारीहरुले नै आरोप लगाउन थालेका छन् ।
त्यसो भए को होला त कृषि सचिव ?
कृषि विकास मन्त्रालयको सचिवका लागि कृषि तथा बन वातावरण समूहबाट नै सचिव परिवर्तन गर्न सक्ने व्यवस्था भएका कारण कृषि मन्त्रालयको सचिवमा बन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमा वा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसी पनि आउन सक्ने छन् ।
यदि माओवादी केन्द्रले कृषि विकास मन्त्रालयको जिम्मेवारी पाउनासाथ सचिव परिवर्तन गर्ने हो भने पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीलाई नै कृषि विकास मन्त्रालयको सचिवमा सरुवा गर्दा उपयुक्त हुने समेत देखिन्छ । जिसीको ठाउंमा डा. पोखरेललाई लैजाने हो भने त्यसले गति पनि पाउन सक्ला ? जिसी सचिव हुनु भन्दा अगाडि कृषि विभागकै महानिर्देशक भएका कारण तथा कृषि समूहकै सचिव भएका कारण पनि वन समूहका सचिवलाई कृषि सचिवका रुपमा ल्याउंदा कृषि मन्त्रीलाई पनि काम गर्नका लागि असहज हुन सक्छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २१, २०७४