सोमवार, बैशाख १७, २०८१

कृषि र पशुपन्छी क्षेत्रका लागि ३० अर्व ४० करोड मात्र

budget-nepal

काठमाडौं, जेठ । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले कृषि विकास मन्त्रालयका लागि ३० अर्व र पशुपन्छी विकास मन्त्रालयका लागि ९ अर्व करिव बजेटको अधिकतम् सीमा दिएको भएपनि बजेट वक्तव्य आउंदा कृषि तथा पशुपन्छ विका मन्त्रालयको बजेट घटेको छ ।
अर्थ मन्त्री कृष्णबहादुर महराले बजेट वक्तव्यमा कृषि र पशुपन्छी क्षेत्रका लागि ३० अर्व ४० करोड रकममात्र विनियोजन गरिएको बताएका छन् ।
तर कृषि विकास मन्त्रालयले बजेट सीमा भित्र रहेर करीव ३० अर्व र पशुपन्छी विकास मन्त्रालयले ९ अर्व बजेट पेश गरेका थिए । कृषि र पशुपन्छी विकास मन्त्रालयको गरी ३९ अर्व करीव बजेट आउनु पर्नेमा बजेट वक्तव्यमा भने ३० अर्व ४० करोड मात्र आएको छ । यो बजेटले करीव ९ अर्व बजेट घटेको स्पष्ट हुन्छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १५, २०७४