आइतवार, बैशाख १६, २०८१

दूध बिक्रीबाट एकलाख आम्दानी

वालिङ, जेठ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गरेका छन् । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गरेका हुन् ।
झन्डै तीन वर्षअघि तीनवटा भँैंसीबाट व्यवसाय सुरु गर्नुभएका पौडेलको फर्ममा हाल १७ वटा उन्नत् जातका भैँंसी छन् । “हाल पाँचवटा भैँंसीबाट दैनिक ४० लिटर दूध उत्पादन हुन्छ” युवा व्यवसायी पौडेलले भने, “दूधको माग अत्याधिक छ तर नजिक डेरी छैन बजारसम्म पु¥याउन दैनिक मोटरसाइकल प्रयोग गर्ने गरेको छु ।”
पौडेलले २० रोपनी जमिन भाडामा लिएर अहिले भैँंसीपालनसँगै भैँंसीका लागि आवश्यकपर्ने घाँस, मौसमी तथा बेमौसमी तरकारी र सुन्तलाखेती गर्दै आएका छन् “सुरुमा विदेशी भूमिमा पसिना बगाउन पुगेँ, त्यहाँ त्यति सन्तुष्ट हुनसकिन र स्वेदश फर्किए” उनले भने, “स्वदेश आएर कुखुरापालन र घ्यूकुमारीखेती गरे त्यो पनि सफल भएन र अहिले भैंँसीपालन व्यवसाय सञ्चालन गरँे यसमा आम्दानी पनि भएको छ म पनि सन्तुष्ट छु ।” पौडेलले फर्ममा रहेको माउ भैँंसीको बीमा पनि गरेको बताए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ७, २०७४