आइतवार, बैशाख १६, २०८१

एकीकृत तरकारी बजार निर्माण गर्ने तरकारी

विराटनगर, जेठ । हाल सञ्चालनमा रहेको तरकारी बजारलाई व्यवस्थित बनाउन विराटनगरको कटहरीमा एकीकृत तरकारी तथा फलपूmल बजार निर्माण हुने भएको छ । व्यवसायिक कषि तथा व्यापार आयोजनाको आर्थिक सहयोगमा उक्त बजार निर्माण हुन लागेको हो । पाँच विघा दुई धुर जग्गामा निर्माण हुने सो तरकारी तथा हाटबजारको लागत करीव १३ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको प्याक्टका अनुगमन तथा मूल्यांकन अधिकृत बसन्त अर्यालले बताएका छन् ।
प्रदेश नं १ कै पहिलो स्मार्ट तरकारी तथा फलफूल बजार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माणको कार्य शुरु भएको छ भने १३ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।
भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछि विराटनगरको गुद्री बजारलाई कटहरीमा स्थानान्तरण गरिने योजन अधिकृत अर्यालले जानकारी दिए । बजार भित्र तरकारी तथा फलफूल, क्यान्टिन, क्लिनिक, वैक, किसानलाई आराम कक्ष, प्रशासनिक कक्ष, शौचालय, पाकिङ्ग लगायतका पूर्वाधार रहन समे उनले बताए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३, २०७४