बुधबार, बैशाख १९, २०८१

एडिएसका नाममा फ्यानलाई ४ करोड ७४ लाख

काठमाडौं, चैत्र । कृषि विकास रणनीति अनुगमन तथा समन्वय गर्ने नाममा कृषि विकास मन्त्रालयले पुष्प व्यापारीहरुको संस्था फ्लोरिकल्चर एशोसिएसन नेपाललाई यस बर्ष ४ करोड ७४ लाख निकास गरेको खुल्न आएको छ । हालसम्म २ करोडभन्दा बढी रकम निकासा भईसकेको भएपनि सो रकम कृषि विकास रणनीतिका लागि भन्दा पनि पुष्प व्यापारीहरुले कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुसँगको मिलेमतोमा पुष्प व्यवसाय प्रवद्र्धन भन्दै करोडौ रुपैयाँ कुम्लाउने लागेका छ । neww-fan
पुष्प व्यवसाय प्रवद्र्धन गर्न, नेपाली पुष्प व्यवसायलाई बढावा दिन कृषि विकास मन्त्रालयल फलफूल विकास निर्देशनालयको मातहतमा गोदावरीमा पुष्प विकास केन्द्र छ । तर त्यो पुष्प विकास केन्द्रको उदेश्य र औचित्य विस्तारै विस्तारै कृषि विकास मन्त्रालयले नै समाप्त पार्दैै निजी संस्थासँग आर्थिक चलखेलमा रमाउन थालेका छन् ।
पुष्प विकास केन्द्रले मुलुकभर पुष्प विकासमा काम गर्नु पर्ने भएपनि बजेट अभाव भएको भन्दै काम गर्न सकिरहेको छैन । बजेट निर्माण क्रममा सो केन्द्रले माग गरेको बजेट नै काट्ने गरिएको छ । तर त्यही कृषि विकास मन्त्रालयले पुष्प व्यवसाय प्रवद्र्धनका नाममा निजी संस्थाको मिलेमतोमा बार्षिक करोडौं रुपैयाँ वितरण गर्दै आईरहेको देखिन्छ ।
मन्त्रालय भित्र हुने गरेको नीतिगत भ्रष्टाचार कृषि विकास मन्त्रालय आफैले छर्लङ्ग पारेको छ । कृषि विकास मन्त्रालयको बार्षिक विकास कार्यक्रम बजेट तर्जुमा सम्वन्धित आर्थिक प्रशान नियम २०(१) बमोजिमको फारम हेर्ने हो भने ४ करोड ७४ लाख रुपैयाँ मिलेमतेमा विनियोजित गरी फ्लोलिरक्लचर एशोसिएसन नेपाललाई उपलब्ध गराएको छ ।
मन्त्रालयका योजना निर्माताहरुले यतिसम्म झुठ व्यवहोरा उल्लेख गरेका छन् कि कृषि विकास मन्त्रालयको वार्षिक कार्याक्रममा कृषि विकास रणनीति तथा अनुगमन तथा समन्वय कायक्र्रम (फ्लोरिकल्चर एशोसिएसन नेपाल) उल्लेख गरिने स्पष्टसँग नीतिगत भ्रष्टाचार देखिएको छ । puspa
कृषि विकास मन्त्रालयको कृषि विकास रणनीति तथा अनुगमन तथा समन्वय कायक्र्रम गर्नका लागि सो संस्थालाई ४ करोड ७४ लाख १० हजार उपलब्ध गराईनुलाई के भन्ने ? आयोजनाका नाममा सो बजेट २०७३ श्रावण १ गतेदेखि लागूभई २०७४ असार ३० गते समाप्त हुने समेत सो बजेट उपशीर्षक नं. ३१२१०१ म उल्लेख गरिएको छ ।
गत बर्षपनि पुष्प व्यवयसाय प्रवद्र्धन गर्न भन्दै निजी साझेदारीका नाममा ५ करोड २५ लाख मन्त्रालयले फ्लोरिकल्चर एशोसिएसन नेपाललाई उपलब्ध गराउने तयारी गरेको थियो । काम नै नगरी बजेट निकास गर्नका लागको विषयमा कृषि अनलाईनले समाचार प्रकाशन गरेपछि ३ करोड रुपयाँ बजेट निकासा हुनबाट रोकिएको थियो । तर चालु आवमा मन्त्रालयले सो संस्थालाई रकम उपलब्ध गराउनका लागि अन्य व्यक्तिले थाहा नपाउन् भन्नका लागि कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रममा सो संस्थालाई रकम निकास करीव २ करोड भईसकेको छ ।
बजेट शीर्षक र कार्यक्रमको नाम अनुरुप फ्यानले काम गरेको भने देखिंदैन । अहिले जारी अन्तर्राष्ट्रिय पुष्प मेलाका नाममा त्यही कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमका नामबाट ५७ लाख रुपैयाँ खर्च गरिएको मन्त्रालय श्रोतले बताएको छ । सो विषयमा मन्त्रालयका प्रवक्ता एवं सो आयोजना कार्यालयको प्रमुख समेत रहेका योगन्द्र कुमार कार्कीलाई सम्पर्क गर्दा प्रयास विफल भएको छ ।
निजी संस्थाई करोडौ रुपैयाँ विनियोजित गर्ने तर सरकारी कार्यालयलाई बजेट नदिने योजना महाशाखा विरुद्ध कर्मचारी खुलेरै विरोध गर्न थालेका छन् । गत बर्ष र चालु आर्थिक बर्षमा फ्लोरिकल्चर एशोसिएसन नेपाललाई उपलब्ध गराइएको ९ करोड रुपैयाँको उपलब्धि खोजी कसले गर्ला ?

प्रकाशित मिति: शुक्रबार, चैत्र १८, २०७३