बुधबार, बैशाख १९, २०८१

कृषि विकास मन्त्रालयका लेखा प्रमुख कहाँ गए ?

काठमाडौं, चैत्र । कृषि विकास मन्त्रालयको २७ अर्वको कारोबार गर्ने आर्थिक प्रशासन शाखाका उपसचिव कृष्ण तिम्सिना तीन हप्तादेखि मन्त्रालयको सम्पर्कमा छैनन् । मन्त्रालयको प्रशासन महाशाखालाई जानकारी नगराई तीन हप्तादेखि आर्थिक प्रशासन शाखामा उपसचिव नहुंदा कृषि विकास मन्त्रालयको आर्थिक कारोबार ठप्प भएको छ । जसले गर्दा धेरै सेवाग्राहीहरु अहिले अन्यौलमा छन् । krisna timsina
कृषि विकास मन्त्रालयको आर्थिक प्रशासन महाशाखाले अहिले दर्जनौ संघसंस्थाको भुक्तानी रोक्का गरेर राखेको छ । आफूहरु भुक्तानी रोकिएपछि कृषि विकास मन्त्रालयको अन्य सेवा उपलब्ध गराउँदै आईरहेका कम्पनीहरु सचिवको ढोका ढकढक्याउन पुगेका छन् । तिम्सिना नहुँदा कारोबार ठप्प भएपछि प्रशासन महाशाखामा पुगेका धेरै सेवाग्राहीहरुलाई मन्त्रालयले तिम्सिनाको बारेमा जानकारी गराउन सकेको छैन । आर्थिक प्रशासन शाखाका प्रमुख कृष्ण तिम्सिना मन्त्रालयलाई जानकारी नै नदिई अष्टे«लिया पुगेका छन् । तीन साता लामो विदामा रहँदा समेत मन्त्रालयलाई जानकारी नगराईनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।
कृष्ण तिम्सिना मन्त्रालयमा हाजिर नभएपछि उनको विदाका बारेमा खोजी गर्दा सोही शाखामा केही महिना अगाडि मात्र लेखा अधिकृतका रुपमा मन्त्रालयमा सरुवा भएर आएकी विनु खतिवडालाई आफू अष्ट्रेलिया गएको गोप्य राख्नु भन्ने निर्देशन दिएर तिम्सिना मन्त्रालयलाई कुनै जानकारी नलिई विदेश हान्निएका हुन् । उनलाई मलेनिका (महालेखा नियन्त्रण कार्यालय) ले तालिमका लागि लगेको खुल्न आएको छ । मन्त्रालयमा सयौं व्यक्ति तथा संस्थको भुक्तानी रोकेर विदेश जाने यी शाखा प्रमुखलाई मलेनिकाले कृषि विकास मन्त्रालयलाई मनोनयन गरी पठाउन भन्नु पर्ने भएपनि तिम्सिनाले आफ्नो शक्ति प्रयोग गरेर आफूलाई मनोनयन गर्न सफल भएका हुन् ।
अहिले आर्थिक बर्ष २०७४÷७५ का लागि बजेट निर्माणका क्रममा विदेश हान्निएका तिम्सिना आफूलाई अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा परिचित गराउने तर बजेट निर्माण गर्ने समयमा किन बेपत्ता भएका छन् ? आर्थिक प्रशासन प्रमुख भएका कारण कृषि विकास मन्त्रालयमा अधिकांश महाशाखा, आयोजनाहरुको निकासाका समयमा समेत आफ्नो भाग खोज्ने गरेको आरोप लागेको छ । उनले आफ्नी सहायकका रुपमा रहेकी लेखा अधिकृत खतिवडालाई समेत आफ्नै लाईनमा हिड्न निर्देशन दिंदै कृषि विकास मन्त्रालयका आफूभन्दा उच्च पदका व्यक्तिहरुलाई समेत टेर्न छाडेको गुनासो कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुले गरेका छन् ।
हरेक आयोजना तथा बोर्डहरुको विदेश भ्रमणका बेला आफ्नो नाम मनोनयन नगरिए निकासा रोक्ने धक्की दिने गरेको कृषि विकास मन्त्रालयका एक उच्च अधिकारीले कृषि अनलाईनलाई बताएका छन् । लेखा शाखाका उपसचिवले कृषि विकास मन्त्रालयका सहसचिव एवं सचिवसम्मलाई पनि नटेर्ने गरेको उनीहरुको गुनासो छ । आफू लामो समयसमम विदामा बस्दा अधिकार प्रत्यायोजन नगरी आर्थिक प्रशासन शाखामा आएका फाइल थन्क्याएर राख्न लेखा अधिकृत खतिवडालाई निर्देशन दिएको समेत श्रोतले बताएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १५, २०७३