शुक्रबार, बैशाख २१, २०८१

काभ्रेबाट २० टन मकैको बीउ वितरण

काभ्रेपलाञ्चोक, चैत । यस बर्ष समयमा नै पानी परेका कारण मकै रोप्ने मौसम शुरु भई सकेकाले जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ । किसानहरुलाई वितरण गरिएको मकैको बीउ जिल्ला भरीमा २० टन रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा मकैको बीउ वितरण गर्ने काम सुरु भइसकेको छ । कार्यालयले विभिन्न क्षेत्रको उचाइका आधारमा मकैका बीउ उपलब्ध गराउँदै आएको छ । कार्यालयमा हाल देउती, अरुण, गणेश, रामपुर कम्पोजिट र गणेश जातका मकैका बीउ उपलब्ध छन् । कृषि कार्यालयले आगामी जेठको पहिलो हप्तासम्म मकैको बीउ वितरण गर्ने छ ।

प्रकाशित मिति: शनिबार, चैत्र ५, २०७३