बिहिबार, बैशाख २०, २०८१

किसान आयोग प्रकरणमा मन्त्री र राज्यमन्त्री विवाद

काठमाडौं, फागुन । राष्ट्रिय किसान आयोगको गठन प्रक्रिया र पदाधिकारी नियुक्तिका विषयमा कृषि मन्त्री गौरी शंकर चौधरी र राज्य मन्त्री राधिका तामाङवीचको सम्वन्ध फेरि चिसिन थालेको बताइएको छ ।
विगतमा चिसिएको सम्वन्ध सुधार भएको भएपनि किसान आयोग गठन प्रक्रियासंग दुई मन्त्रीको सम्वन्धमा फेरि धुमिल हुन थालेको छ । किसान आयोग गठन गर्नका लागि पटक पटक सूचना निकालेको विषयमा पनि सामान्य विवाद भएको श्रोतले बताएको छ । अहिले किसान आयोगमा पांच सदस्य र सदस्य सचिव नियुक्ति गर्नका लागि पनि आआफ्नै ढंगले दुवै मन्त्री लागेका कारण किसान आयोगले पूर्णता पाउन नसकेको श्रोतले बताएको छ । महिला कोटामा मिना तामाङलाई जसरी पनि नियुक्ति गर्ने अडान राज्यमन्त्रीले लिएकोले पनि अहिले विवाद शुरु भएको बताइएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ३०, २०७३