शुक्रबार, बैशाख २१, २०८१

आर्थिक चलखेल गर्दै रासायनिक मलको अनुदान प्रांगारिकलाई

काठमाडौ, फागुन । लामो सयमदेखि कृषि विकास मन्त्रालयले रासायनिक मलमा दिंदै आएको अनुदान घटाउने तयारी गरिरहेको छ । केही दिन अगाडि कृषि विकास मन्त्री गौरी शंकर चौधरीको कार्यकक्षमा बसेको गोप्य वैठकले रासायनिक मलको अनुदान घटाएर प्राांगारिक मलमा दिने तयारी समेत गरेको बुझिएको छ । अहिले रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्य घटेको भएपनि नेपालमा भने ठेकेदारहरुको मिलेमतोका कारण जुन अनुपातमा रासायनिक मलको मूल्य घट्नु पर्ने हो सो अनुपातमा घटाइएको छैन । अहिले विगतमा रासायनिम मल आयात गर्नका लागि गरेको टेण्डरमा भएको विवादका कारण रोकिएको मल आयात गर्न अदालतले फैसला गरिदिएपछि सो फैसलाका कारण कृषि विकास मन्त्रालयलाई २ अर्व भन्दा बढी घाटा लाग्ने देखिएको छ । भने अन्तर्राष्ट्रिय बजार मूल्य घटेका कारण आयातकर्ता कम्पनी भने रातारात मालामाल हुने भएको छ ।
अहिले कृषि विकास मन्त्रालयमा भागशान्ति पु¥याउनका लागि पनि रासायनिक मलको अनुदान कटाएर प्रांगारिक मलमा दिनुको कारण अरु केही नभएर आर्थिक लेनदेन नै भएको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १३, २०७३