शुक्रबार, बैशाख २१, २०८१

कृषि मन्त्री भन्छन् किसानलाई ५० प्रतिशत अनुदान

काठमाडौं, फागुन । कृषि विकास मन्त्री गौरीशंकर चौधरीले किसानलाई आधुनिकीकरण गरी कृषि उत्पादन बृद्धि गर्नका लागि कृषि औजार प्रयोगको प्रयोग बढाउन ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि मन्त्री चौधरीले सो कुरा बताएका हुन् । उनले नेपाली कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नसकेकै कारण कृषि क्षेत्र परनिर्भर बन्नु परेको समेत बताए । नेपाली कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म कृषि क्षेत्रबाट मुलुकलाई आत्मनिर्भर बनाउन नसक्ने मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ६, २०७३