शुक्रबार, बैशाख २१, २०८१

किसान आयोगको अध्यक्षमा चित्रबहादुर पक्का !

काठमाडौं, फागुन । संवैधानिक अंगका रुपमा स्थापित हुनु पर्ने राष्ट्रिय किसान आयोग भागबण्डाका लागि बनेको आयोग जस्तै बन्न पुगेको छ । जागिरे खानका लागि आवेदन भरेजस्तै गरी गठन गर्न लागिएको राष्ट्रिय किसान आयोगको अध्यक्षमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठ किसान आयोगका अध्यक्ष हुने करिव पक्की भएको देखिन्छ । chitra bahadur
कृषि मन्त्री गौरी शंकर चौधरीकै कारण पनि श्रेष्ठ आयोगका अध्यक्ष बन्नेमा ढुक्क छन् । यतिखेर सरकारको नेतृत्व माओवादी केन्द्र र कृषि मन्त्री पनि माओवादी केन्द्र भएका कारण आगामी साताभित्रै मन्त्रीपरिषद्ले घोषणा गर्ने आयोगमा चित्रबहादुृर अध्यक्ष हुनेमा दुई मत देखिएको छैन । मन्त्रालय श्रोतका अनुसार गत शुक्रबार बसेको आयोग पदाधिकारी सिफारिस समितिको वैठकले आयोगको अध्यक्षका लागि चित्रबहादुर श्रेष्ठको नाम कृषि विकास मन्त्री समक्ष सिफारिस गरिसकेको छ ।
कृषि मन्त्री गौरीशंकर चौधरीले आयोगका अध्यक्षमा नियुक्ति गर्नका लागि सोमबार मन्त्रीपरिषद्को वैठक बसेको खण्डमा राष्ट्रिय किसान आयोगको अध्यक्षमा चित्रबहादुरको नियुक्तिको निर्णय गराउने छन् ।
कृषि विकास मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले किसान आयोग गठन प्रक्रिया गैर कानूनी रुपमा गरेको भन्दै रोष समेत व्यक्त गरेका छन् । यद्यपी बाहिर बसेर जति नै कराएपनि किसान आयोग बन्ने छ । किसान आयोगको पहिलो अध्यक्ष बन्ने मौका चित्रबहादुर श्रेष्ठले नै पाउने भएका छन् ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १, २०७३