शुक्रबार, बैशाख २१, २०८१

जोन, सुपरजोनले उत्पादकत्व बृद्धि होला ?

काठमाडौं, माघ । कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोनजा मार्फत अहिले जोन, सुपर जोन एवं पकेट क्षेत्र  निर्माण गरी उत्पादन बृद्धि गर्ने कार्यमा जुटिरहेको देखिन्छ । मुलुक भर विभिन्न बालीहरुको उत्पादकत्व बृद्धि गर्ने भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन प्रक्रियाका गईसकेको छ । करीव दोस्रो चौमासिकको अन्त्यतिर आईपुग्दा यो कार्यक्रमले जुन गतिमा कार्यलय स्थापना गर्नेकामले दू्रत गति दिईरहेको छ । त्यही गतिमा किसानमय रुपमा काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा भने प्रश्न चिन्ह उब्जिएको छ । krishilogo
हुन त नेपाल सरकारकै लगानीका कृषि क्षेत्रमा गरिएको लगानीका हिसावले यो धेरै नै ठूलो बजेट भएको कार्यक्रम हो । पहिलो बर्ष भएरै होला पूर्वाधारमा बढी खर्च गरिएको पनि देखिन्छ । आगामी १० बर्षका लागि तयार गरिएको यो परियोजनाले चालु आर्थिक बर्षमा गर्ने लगानी त्यसबाट प्राप्त प्रतिफलका आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भविष्य निर्धारण गर्न सकिन्छ ।
आगामी असारसम्म यस आयोजनाले किसान मैत्री के के काम गर्ने छ त्यो पनि हरेक किसान, कृषि व्यवसायीहरुको चासोको विषयमा पनि बनिरहेको छ । किसान तथा त्यससंग सरोकार राख्ने निकायहरुले चासो लिनु स्वभाविकै हो । तर किसानहरुले लिएको चासोलाई सरोकारवाला निकाय, मन्त्रालयले पनि उत्तिकै रुपमा लिनु आवश्यक छ ।
विभिन्न जिल्लामा मन्त्रालयले तयार पारिएका जोन, सुपरजोनहरु एवं पकेट क्षेत्रहरुले अहिलेदेखि नै उत्पादकत्व बृद्धि गर्ने खालका कार्यक्रमहरुलाई दू्रत गतिमा लैजानु आवश्यक छ । उत्पादन बृद्धि गर्ने खालका कार्यक्रम लैजाने क्रममा जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालयहरुसंग सहकार्य नहुने हो कि भन्ने आशंका पनि पैदा भईरहेको छ । यति त्यसो भयो भने कृषि क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र त्यसले सञ्चालन गरेको सुपर जोन, जोन र पकेछ क्षेत्र पनि केवल नारामा मात्र सिमित हुन्छ भन्नेमा दुई मत नहोला ।
यति सांच्चै नै सुपर जोन, जोन र पकेट क्षेत्रका माध्यमबाट नेपाली कृषि क्षेत्रलाई आत्मनिर्भरको बाटोतिर अग्रसर गराउने हो भने जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालयहरुलाई पनि जिल्ला स्थित परियोजना कार्यालयहरु जत्तिकै शसक्त बनाउनु आवश्यक छ । अन्यथा जिल्लाले गर्दैे आईरहेका नियमित कार्यहरु भन्दा पनि उत्पादनका दृष्टिकोणले जोन , सुपर जोन र पकेट क्षेत्र  कमजोर नहोला भन्न सकिंन्न ?

प्रकाशित मिति: बिहिबार, माघ २७, २०७३