बिहिबार, बैशाख २०, २०८१

कृषकका घर घरमा पोखरी

डोल्पा, माघ । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरूलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए ।
सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाका रूपमा प्रतिपोखरी रु १५ हजारका दरले रकम वितरण गरिने भट्टराईले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७३