आइतवार, बैशाख १६, २०८१

निजामतीमा अन्याय क्लष्टरका कारण सचिव हुनबाट बञ्चित

काठमाडौं, माघ । काठमाडौं । सचिव नियुक्तिका लागि गत बर्षदेखि देखिएको क्लष्टर प्रक्रियाले बन,तथा कृषि समूहका कार्यरत सहसचिवहरुलाई अन्याय परेको छ । सो समूहका धेरै नै सहसचिवहरु सचिव बन्ने पाउने मौकाबाट पाखा लागेका छन् । विगतका बर्षहरुमा बन तथा कृषि समूहका सहसचिवहरु सो क्लष्टरका आधारमा छानिने गरेको थिएन । Pm-office-2
जसले निजामती सेवाका कार्यरत कर्मचारीहरुको विभेद थिएन भन्दा ठिक होला । गणतन्त्र आएपछिका अवस्थालाई हेर्ने हने भने निजामती सेवामा पनि पानी बाराबारकोअ अवस्था सृजना भएको छ । प्रशासन समूहका कर्मचारीहरुका कारण बन, कृषि तथा इन्जिनियरिङ सेवाका सहसचिवहरुलाई अहिले आफूले खाएको जागिर निल्नु न ओकल्नु भएको छ । आखिर किन लागू गरियो क्लष्टर ?
यसको जवाफ दिने कोही पनि देखिएका छैनन् । क्लष्टर कै कारण धेरै प्राविधिक सहसचिवहरुलाई निजामती सेवा अहिले आएर दुखद् भएको छ । उनीहरुको सचिव बन्न पाउने योग्यता, उमेर र क्षमता भएको भएपनि रोकिएको छ । प्राविधिक सहसचिवहरुले सरकारी निर्णयका विपक्षमा आवाज उठाउन नसक्दा यो अवस्था आएको हो भन्दा पनि फरक नपर्ला ?
बोल्ने पीठो पनि विक्छ नबोल्नेको चामल पनि विक्दैन भन्ने उखान बन तथा कृषि समूहमा छर्लङ भएको छ । सायद क्लष्टरका आधारमा सचिव बढुवा नभईदिने हो भने एक महिनादेखि पशुपन्छी विकास मन्त्रालयले सचिव विहिन भएर बस्नु पर्दैनथ्यो होला ? निजामती सेवामा आफूलाई समाहित गरेका बन तथा कृषि समूहका सहसचिव लगायत भविष्यमा समेत सचिव बन्ने बाटो थुनिएका कर्मचारीहरुले यस तर्फ आवाज उठाउनु जरुरी छ । यदि प्राविधिक समूहका कर्मचारीहरु मौन बस्ने हो भने नेपाल सरकारको निजामती सेवामा एउटै पद भएपनि विभेद देखिने प्रष्ट छ  । जुन अहिले कृषि बन समूहमा देखिएको छ । बन तथा कृषि समूहका भविष्यमा सचिव बन्ने सपना बोकेकाहरुले सरकार विरुद्ध आवाज उठाउन सक्लान् ?

प्रकाशित मिति: सोमवार, माघ १०, २०७३