शनिबार, बैशाख १५, २०८१

महोत्तरीमा किसानहरुले खोले बीउ बैंक

महोत्तरी, माघ । कृषि उत्पादकत्व बृद्धि गर्नका लागि कृषि विकास मन्त्रालयले सस्ता नारा सार्वजनिक गर्दै आईरहेको भएपनि पनि सोही अनुपातमा कृषि उत्पादकत्व बृद्धि भने गर्न सकेको छैन । यतिखेर गुणस्तरीय बीउ अभावका कारण समस्यामा परिरहेका महोत्तरी सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रूपमा बीउ बैंक स्थापना गरेका छन् । बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरूले आफँै बीउ बैंक स्थापन गरेका हुन् । नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको मूल बीउ उपलब्ध गराएको जढीमाई सहकारीका अध्यक्ष सत्यनारायण यादवले बताएका छन् । यसअघि महोत्तरीका किसानहरुले भारतीय बजारको बीउमा निर्भर थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३