आइतवार, बैशाख १६, २०८१

रहेनन् वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुँयाल

काठमाडौं, पौष । अभिनय गर्दा गर्दै मर्न पाए हुन्थ्यो भन्ने रङ्गकर्मी विष्णुभक्त फुँयाल । अन्ततः इच्छा मरण जस्तै गरी राष्ट्रिय नाचघरले आयोजना गरेको नाटकमा अभिनय गर्दा गर्दै विष्णुभक्तले संसार छाडे । ७९ बर्षको उमेरमा पनि युवा जोश र जांगरका साथ अभिनयमा सक्रिय रहंदै आएका उनले केही साता अगाडि मात्र विषादी विष हो औषधी भन्ने नाटक लिएर विभिन्न जिल्लाका किसानका दैलोमा पुगेका थिए । कृषि अनलाईनका सल्लाहारकार समेत रहेका वरिष्ट रङ्गकर्मी विष्णुभक्त फुंयालको मरणले नेपाली रङ्गमञ्च क्षेत्रमा एउटा तारा अस्ताएको छ । bb-phuyal
विगत ५४ बर्षदेखि नाट्य क्षेत्रमा क्रियाशील फुंयाल जन नाट्य मञ्चका सस्थापक सदस्य हुन् । संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य समेत रहेका फुंयाल पछिल्लो ४ बर्षदेखि कुसुम नाट्य समूहको अध्यक्ष समेत रहेका थिए । उनले दजनौं चलचित्र, सयौं टेलिचलचित्र र सयौं नाटकमा अभियन गरेका थिए । स्वर्गिय फुंयालका तीन जना छोराहरु रहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७३