सोमवार, बैशाख २४, २०८१

किसानका लागि उन्नत बीउ विजन कार्यक्रममा कौशल

काठमाडौं, पौष । कृषि विकास मन्त्रालय मातहतमा रहेको किसानका लागि उन्नत बीउ विजन कार्यक्रमको आयोजना प्रमुखका रुपमा कौशल पौडेल पुगेका छन् । पश्चिम र मध्य पश्चिमाञ्चाल विकास क्षेत्रलाई लक्षित गरी सञ्चालन भईरहेको सो परियोजनामा पौडेललाई सरुवा गरिएको छ । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाको घोषणा भए लगतै पौडेललाई सो परियोजनाको प्रमुख तोकिएको थियो । पछि उनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रमुख बाट हटाईएको थियो । kausal
रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको किसानका लागि उन्नत बीउ विजन कार्यक्रममा सरुवा भएर जानु अघि पौडेल सुन्तला जात फलफूल विकास कार्यक्रममा कार्यालय प्रमुखको रुपमा कार्यरत थिए । यस अघि उनी हिमाली आयोजनामा लामो समय काम गरेर परियोजना सञ्चालन सम्वन्धी अनुभवी व्यक्तिका रुपमा कृषि विकास मन्त्रालयले लिएको छ ।
परियोजना प्रमुखका रुपमा रहेको पौडेलले जिम्मेवारी लिईसकेका छन् । कौशल पौडेल सो परियोजनामा सरुवा भएकै कारण सो परियोजनाका प्रमुख लक्ष्मण पौडेललाई भने कृषि विभागको महानिर्देशकका रुपमा ल्याउन लागिएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस ७, २०७३