शनिबार, जेष्ठ ५, २०८१

पशु सेवा विभाग महानिर्देशकले जिम्मेवारी सम्हाले

काठमाडौं मंसिर । पशुपन्छी विकास मन्त्रालय मातहतको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जिम्मेवारी सम्हालेका छन् । पशु सेवा विभागको इतिहासमा नै पहिलो पटक सरुवा भएर जाने र नियुक्ति भएर आउने महानिर्देशकलाई विदाई र स्वागत गरिएको हो । यस अघि महानिर्देशक पदबाट हट्दा वा आउंदा समेत यस्तो प्रचलन नभएको विभागका कर्मचारीहरु बताउंछन् । dg
महानिर्देशकबाट सरुवा भएर पशुपन्छी विकास मन्त्रालयमा जान लागेका सहसचिव डा. केशवप्रसाद प्रेमीले सरुवा हुने प्रक्रिया नियमित हो यसलाई सरल रुपमा लिनु पर्दछ । स्वागत र विदाई एकै ठाउंमा शुरु गर्न प्रक्रिया शुरु गरिएको छ यसले आगामी दिनमा निरन्तरता पाउंछ भन्ने आफू रहेको उनले बताए ।
सो कार्यक्रममा उपमहानिर्देशक पदबाट महानिर्देशक बन्नु भएका डा. विमलकुमार निर्मलले महानिर्देशक भएकोमा त्यस्तो अनुभूति नभएको भन्दै सवैभन्दा ठूलो कुरा संस्था हो । संस्थालाई प्राथमिकता राखेर काम गर्नु कुरामा विगतदेखि नै आफू प्रतिवद्ध भएको समेत बताए । निवर्तमान महानिर्देशक डा. केशवप्रसाद प्रेमीबाट आफूले धेरै कुरा अध्ययन गर्न पाएको भन्दै डा. निर्मलले महानिर्देशक प्रेमीले विभागको विभागका लागि आफ्नो अडानबाट कहिल्यै पछि नहटेको समेत बताए । जसले गर्दा विभाग यो अवस्थामा आईपुगेको बताए ।
पशु सेवा विभाग र पशुपन्छी विकास मन्त्रालय वीचको सम्वन्धलाई अझ प्रगाढ बनाउने कुरामा विभागलाई सहयोग गर्न पूर्ण रुपमा सहयोग गर्ने काममा सहसचिव प्रेमीको साथ रहने सक्ने समेत उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ७, २०७३