आइतवार, जेष्ठ ६, २०८१

धान उत्पादनमा वृद्धि हुने

विराटनगर, २४ कात्तिक । मोरङमा गत वर्षको तुलनामा १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । पर्याप्त वर्षा, रासायनिक मलको अभाव नहुनु, उन्नत बीउ वितरण, सघन धानखेतीको प्रयोग र यान्त्रिकरणको माध्यमबाट धानबाली रोप्नेलगायतका कारण उत्पादनमा वृद्धिको अनुमान गरिएको हो ।
गत वर्ष ७८ हजार हेक्टरमा गरिएको धानखेतीबाट तीन लाख १२ हजार मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष करिब १५ प्रतिशत उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिएका छन् । कार्यालयले किसानलाई २० मेट्रिक टन उन्नत जातको धानको बीउ उपलब्ध गराएको थियो । समयमै रोपाइँ गरेका कारण जिल्लाका ३३ प्रतिशत किसानले धान भित्र्याइसकेका बताइएको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक २४, २०७३