मङ्लबार, बैशाख २५, २०८१

भकारो सुधार कार्यक्रममा कृषि राज्यमन्त्रीको जोड

मकवानपुर,  कार्तिक । कृषि राज्य मन्त्री राधिका तामाङले भकारो सुधार कार्यक्रम र आईपिएम प्रविधिका माध्यमबाट किसानहरुलाई अर्गानिक कृषि उपज उत्पादन बृद्धि गराउन मद्दत पुग्ने बताएकी छिन् । bhakaro-sudharजिल्ला कृषि विकास कार्यालय मकवानपुरको अनुदान सहयोगमा आमभञ्ज्याङ डुम्रेस्थित आईपिएम कृषि सहकारी मार्फत किसानहरुले सञ्चालन गरेको भकारो सुधार कार्यक्रम एवं गड्यौले मल उत्पादन क्षेत्रको अवलोकन गर्दै सो कुरा बताएकी हुन् । पछिल्लो समयका विषादीको प्रयोग न्यूनिकरण गर्नका लागि कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयले आईपिएम प्रविधि मार्फत तरकारी खेती गर्नका लागि किसानहरुलाई उत्प्रेरित गर्दै आईरहेको छ । सोही सन्दर्भमा जिल्ला जिल्लामा खुलेका आईपिएम कृषि सहकारीहरुका माध्यमबाट उत्पादित कृषि उपज गुणस्तरीय रुपमा उपभोक्तासम्म पु¥याउन मद्दत पुग्ने समेत मन्त्री तामाङले बताईन् ।
अवलोकनका क्रममा मन्त्री तामाङले जिल्ला कृषि कार्यालय र मातहतका निकाय जिल्लामा रहेको कार्यालयका प्रमुखहरु, राजनीतिक दल निकट किसानका प्रतिनिधिहरु समेतको सहभागितमा मकवानपुरका किसानहरुले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी लिएक थिइन् ।
किसानहरुका समस्यालाई सम्वोधन गर्नका लागि कृषि विकास मन्त्रालय तत्पर रहेको बताउंदै किसानहरुलाई भकारो सुधार कार्यक्रम किसानहरु कै हितमा भएकोले अगाडि बढ्न समेत आग्रह गरिन् । भ्रमणकै क्रममा मन्त्री तामाङले हेटौडाको पिप्लेमा सञ्चालित मत्स्य विकास केन्द्रको समेत अवलोकन गरेकी थिइन् ।

प्रकाशित मिति: सोमवार, कार्तिक १, २०७३