बुधबार, बैशाख २६, २०८१

जाजरकोटमा भटमासको जात परिक्षण

जाजरकोट, १ कार्तिक । जाजरकोटमा पाईन स्थानीय कालो जातको भटमास दर्ता गराउनका लागि जिल्ला कृषि विकास कार्यालयले भटमानका जात छनौट गर्न थालेको छ । अहिले जिल्ला कृषि विकास कार्यालयले जाजरकोटमा स्थानीय भटमासको जात परीक्षण गरिरहेको छ । black-soybeans
जिल्ला कृषि विकास कार्यालयल जाजरकोटका अधिकृत मुकेश रामजालीका अनुसार उक्त कार्यका लागि नार्क अन्तर्गत कोसेबाली अनुसन्धान केन्द्रबाट आईआरएस ८७–१, एफ ७७८८१७, पिक ३२७, पिके ७३९४, एलएस ७७–१६, आइएन. जिडिइएके ओएनजी, पूजा जात गरी सात थरीका भटमास र स्थानीय कालो भटमास गरी जम्मा आठ जातको भटमासका जात छनोटका लागि जिल्लामा भटमासको खेती गरिएको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक १, २०७३