शुक्रबार, बैशाख २१, २०८१

आज महानवमी हर्षोल्लासका साथ मनाइँदै

आज महानवमी दुर्गा पूजालगायतका कार्य गरी  मनाइँदैछ । घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी महानवमी पर्व हिन्दु धर्मालम्वीहरुले विहान सवेरै देखि मनाईरहेका छन् ।
दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिएको थियो ।

प्रकाशित मिति: सोमवार, अशोज २४, २०७३