सोमवार, बैशाख २४, २०८१

कृषि आधुनिकीकरण परियोजनाका निर्देशक फेरिए

काठमाडौं, असोज । नेपाल सरकारको आफ्नै लगानीमा चालु आर्थिक बर्षदेखि ७५ जिल्लामा लागू हुने गरी ल्याएको कृषिको सवैभन्दा ठूलो परियोजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थापना हुन नपाउंदै राजनीतिक करण हुन थालेको आरोप लागेको छ । pm-a
तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विदेशी दातृ निकायहरुसंग अनुदान नलिई कृषिमा ठूला आयोजना आफै ल्याउन सकिन्छ भन्न उदाहरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परिकल्पना गरिएको थियो । सो आयोजना श्रावणको पहिलो हप्तादेखि नै कार्यान्वयनमा जाने योजना सहितको खाका तयार गरिएको भएपनि मन्त्रालयले अहिलेसम्म परियोजनाको कार्यालय समेत स्थापना गर्न सकेको छैन ।
मन्त्रालयको कार्यालय समेत स्थापना हुन नसकिरहेको अवस्थामा परियोजनालाई सार्थक तुल्याउन भन्दै विगतमा हिमाली आयोजनाका कार्यरत रहेर आयोजनाको कार्यान्वयन गर्न सफल देखिएका कौशल पौडेललाई शुरुवात मै तात्कालिन कृषि मन्त्री हरिबोल गजुरेल कै पालामा सचिव उत्तमकुमार भट्टराईकै आग्रहमा परियोजना प्रमुखका रुपमा जिम्मेवारी दिईएको थियो । हाल राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमका कार्यक्रम प्रमुख एवं सहसचिवका रुपमा समेत जिम्मेवारी सम्हालिरहेका उनलाई अहिले सो परियोजनाबाट हटाईएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय समेत व्यवस्थापन भई नसकेको अवस्थामा वर्तमान कृषि मन्त्री गौरी शंकर चौधरीले सो परियोजनाको प्रमुखमा मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक अच्चुत ढकाललाई ल्याएका छन् । यो परियोजना सञ्चालन आउनु र कार्यालय समेत खडा नभईसकेको अवस्थामा मन्त्रालयले नै आफनो सिष्टमलाई फलो गर्न नसकेकी राजनीतिक आस्थाका कारण पौडेललाई हटाइएको हुन सक्ने मन्त्रालय श्रोतले बताएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १२, २०७३