बिहिबार, बैशाख २०, २०८१

धानबालीमा रोगको समस्या

धनगढी, २८ भाद्र। लमो समयदेखि सुख्खा मौसमका कारण कैलाली जिल्लाको धानबालीमा गवारो, डढुवा, पतेरो रोग बढेकाले यहाँका किसान चिन्तित बनेका छन् । लामो समयदेखि राम्रोसँग वर्षा नहुँदा भएको खडेरीले रोपिएको धान खेतमा चिरा पर्न थालेसँगै विभिन्न रोग बढेर उत्पादनमा असर पार्ने थालेको स्थानीय किसानहरुलेदुखेसो गर्न थालेका छन्।
सिँचाइको सहज व्यवस्था हुन नसक्दा जिल्लाको अधिकांश क्षेत्रफलको खेतमा आकासको पानीको भरमा धान रोपाइँ हुने गरेको छ । कृषि विकास कार्यालयका प्राविधिक मानसिं ठगुन्नाले बालीलाई आवश्यक पर्ने पानीको अभाव हुँदा धानबालीमा रोगजन्य किरा बढेकाले यसको रोकथामका लागि कृषकलाई औषधि छर्किन सल्लाह दिने गरिएको बताए ।

प्रकाशित मिति: मङ्लबार, भदौ २८, २०७३