बिहिबार, बैशाख २०, २०८१

नेपाली भेटेरीनरी डाक्टरलाई एसेन्ड ह्युम्यानिटेरियन अवार्ड

काठमाडौं, श्रावण । नेपाल भेटेरीनरी एसोसिएसनका आजीवन सदस्य तथा हेफर इन्टरनेशनलको अन्तराष्ट्रिय कार्यक्रमका वरिष्ठ उपाध्क्षय डा. महेन्द्रनाथ लोहनीलाई एसेन्ड नाम गरेको संस्थाले अमेरिकाको क्यालिफोर्नियामा संस्थाको राष्ट्रिय सभाको उद्घाटन समारोहमा एसेन्ड ह्युम्यानिटेरियन एवार्ड द्धारा पुरस्कृत गरेको छ । पान एसियनका कार्यकारीको भुमिकामा एसेन्डका मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै संसारभरीका लाखौ मानिसहरुको जीवनस्तर उकास्न मद्दत गरी सामाजिक उतरदायित्व निभाएकोले डा. लोहनीलाई सो पुरस्कारद्धारा सम्मानित गरिएको बताइएको छ । heiafer award
डा. लोहनीले समाज सेवाको यात्रा स्वयंमसेवकको रुपमा हेफरबाट सन् १९९३ सुरु गरेका थिए । उनले सन् १९९७ देखि २००२ सम्म हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकको रुपमा काम समेत गरेका थिए । हाल उनले हेफरको एसिया, युरोप र अफ्रिकाका ३० वटा राष्ट्रहरुका कार्यक्रमलाई नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वले अरुलाई पनि सशक्त बनाएको छ र उनले सकारात्मक परिवर्तन गर्ने उच्च चाहना अनुरुप अनगिन्ती परिवारहरुलाई गरिबीको रेखा माथी ल्याइ विश्व समुदायमा प्रभाव पार्न सफल भएका छन् ।
डा. लोहनीलाई सो एवार्डक्यालिफोरनियामा आयोजित एसेन्डको राष्ट्रिय सभाको अवसरमा एसेन्ड लस ऐन्जेलस मेट्रोका अध्क्षय तथा लेजरफिसका उपाध्क्षय थोमस फेल्पस चौथौले हस्तान्तरण गर्नु थिए । एसेन्ड उतर अमेरिका स्थित व्यापारिहरुका लागि पान एसियन सदस्यता बनाउने गैर सरकारी संस्था हो । यस संस्थाले पान एसियनको योग्यता बढाउन नेतृत्व बिकासका कार्यक्रमहरु गर्दछ ।
हालअमेरिका लगायत विश्वका ३० भन्दा बढी राष्ट्रहरुमा हेफरका कृषि तथा पशुद्धारा साना किसानहरुको जीवनस्तर उकास्ने विभिन्न खालका परियोजनाहरु सक्रियरुपमा सञ्चालित भइरहेका छन् । सन् १९९७ यता हेफर इन्टरनेशनल नेपालका कार्यक्रमहरुले करीब २२८,००० परिवारहरुलाई सहयोग पुया¥उन सफल भएको बताइएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २३, २०७३