सोमवार, बैशाख २४, २०८१

गौरीशंकर चौधरीले लिएर कृषि मन्त्रीको शपथ

काठमाडौं, श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारमा कैलाली क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि विकास मन्त्रीका रुपमा कृषि विकास मन्त्रालयले पाएको छ ।
किसान सञ्जालको कमिटीमा आवद्ध भइ लामो समयदेखि बामपन्थी आन्दोलनमा सक्रिय भएका मन्त्री चौधरी माओवादीले शुरु गरेको जनयुद्धदेखि नै सक्रिय भएको बताइएको छ । चौधरीलाई माओवादी केन्द्र भित्रका इमान्दार नेताका रुपमा चिनिएको छ । Gauri sankar
केपी शर्मा ओलीको नेतृत्वमा पनि माओवादी केन्द्रकै भागमा परेको कृषि विकास मन्त्रालय मन्त्रालयको भागबण्डा पु¥याउनका मन्त्रालय फुटाएर पशुपन्छी विकास मन्त्रालय स्थापना गरिएको थियो । त्यसबेला कृषि विकास मन्त्री हरिबोल गजुरेल थिए भने पशुपन्छी विकास मन्त्री शान्ता मानवी र राज्यमन्त्रीमा नरदेवी पुनलाई मन्त्री बनाइएको थियो ।
कृषि विकास मन्त्रालय विभाजन गरेर पशुपन्छी विकास मन्त्रालय बनाइएपछि तात्कालिन कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले ओलीलाई मन्त्रालय विभाजन नगर्न आग्रह समेत गरेका थिए । किसानसँग प्रत्यक्ष सरोकार राख्ने कृषि र पशुपन्छी नङ्ग मासुको सम्वन्ध भएकोले पनि विभाजन गर्न नहुने गजुरेलले बताए थिए । तथापी मन्त्रीहरुलाई बागबण्डा मिलाउनका लागि कृषि विकास मन्त्रालय बाध्यतामा विभाजन गरिएको थियो ।
कृषि विकास मन्त्रालय विभाजन पश्चात कृषि र पशुको तालमेल मिल्न नसकेकोमा धेरै कृषि विज्ञहरु असन्तुष्ट थिए । अहिले फेरि माओवादी केन्द्रकै भागमा कृषि विकास मन्त्रालय परेपछि माओवादी निकट किसान संगठनका नेताहरुले कृषि र पशु विकास मन्त्रालय एउटै गर्नु अडानमा लागिरहेका छन् । सम्भवत दाहालको नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद्को वैठकले कृषि र पशु विकास मन्त्रालयलाई एउटै मन्त्रालयका रुपमा स्थापित गर्ने श्रोतले बताएको ।

प्रकाशित मिति: बिहिबार, साउन २०, २०७३