सोमवार, बैशाख ३१, २०८१

बाढीले कृषि फार्म बगायो, २ करोड क्षति

बुटवल, साउन । गएरातीबाट निरन्तर परेको अविरल बर्षासंगै रुपन्देहीको रोहणी नदीमा आएको बाढीले रुपन्देहीको सिक्टहन–६ छतीगुन्डीमा रहेको सामुहिक बहुउदेश्यि कृषि उपज तथा विक्रि केन्द्र कृषिफार्म बगाएको छ ।
स्थानीय विद्यालयको जग्गा भाडामा लिएर वि.स.२०७१ सालमा १५ जना किसानहरुले सुरु गरेको कृषि फार्म २३ विघा १९ कठ्ठा रहेको छ । बाढीको कारण करिव २ करोड बराबरको क्षति पुगेको कृषि फार्मका अध्यक्ष प्रकाश खनालले जानकारी दिए । फार्ममा कुखुरा, माछा, अर्गानिक तरकारी, मौरी र बाख्र्रा, गाई पालिएको थियो । बाढीले ठुला विक्रि गर्न मिल्ने २÷३ किलोका ५ हजार कुखुरा, चल्ला ३ हजार, ६० वटा मौरीका घार, १४ वटा बाख्रा बगाएको पीडित किसान समुहका अध्यक्ष खनालले जानकारी दिए । पहिलो चरणमा विमा गरेको भएपनि विमाको म्याद सकिएको र दोस्रो चरणको विमागर्ने प्रक्रियामा रहेको बेला पु¥याएको क्षतिको कारण आफूहरु मर्कामा परेको खनालले जानकारी दिए । – कृष्ण खनाल

प्रकाशित मिति: शनिबार, साउन ८, २०७३